अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा झण्डै १५ लाख मात्रा कोभिड भ्याक्सिन नेपाललाई हस्तान्तरण गरिएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एण्ड जोन्सनको कोभिड-१९ भ्याक्सिन नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कोभिशिल्ड खोप प्राप्त गरेको थियो । उक्त खोप नपाइने भएपछि विकल्पका रूपमा जोन्सन एन्ड जोन्सनको खोप ल्याइएको हो ।
खोपको १५ लाख ३४ हजार ८ सय ५० मात्रा उपहारमा प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्ने बताइएको छ ।
'अमेर...