घर छेउमा भएको खानेपानीको धारामा पानी आउन छोडेपछि नाम्खा गाउँपालिका वडा नम्बर ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा टाढाको नदीबाट खानेपानी प्रयोग गर्न बाध्यहुँदै आउनु भएको छ । गत साउन २० गतेको बाढीले खानेपानीको मुहान र पाइपलाई बाढीले बगाएपछि स्थानीय बोकेर पानी प्रयोग गर्न बाध्यहुँदै आउनु भएको हो ।