काठमाडौँ । दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् । काठमाडौँमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।
गत माघ १४ गते शनिबार १२ बजेदेखि केही सरकारी निकायको वेबसाइटमा करिब ४ घण्टा आक्रमण भयो । जसले गर्दा त्रिभुवन विमानस्थलको अध्यागमन सेवा समेत अवरुद्ध हुन पुगेको थियो । यस घटनाबारे अध्ययन गरी सुझाव दिन भन्दै मन्त्रिपरिषद्को फागुन १५ गतेको बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो ।
काठमाडौं। सर्भरमा समस्या आएपछि आज केही घण्टा सरकारी वेबसाइट बन्द भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक राजनीति गोलचक्करमा फसेका टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताएका छन्। एमाले उपाध्यक्ष सुवास नेम्बाङले रवि लामिछानेको नागरिकता विवादबाट कोहीपनि आत्तिनुनपर्ने बताएका छन्।एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको बताएका छन्।
१५ असार, काठमाडौं । दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् । काठमाडौंमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिशए । उनले भने, ‘ निरन्तरको वर्षाले पावर सप्लाई अफ […]
नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन्। दिउँसो करिब १२ः३० बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिनुभयो।