सत्ता गठबन्धनमा अलमल र विवादका कारण मोरङमा चुनाव प्रचारप्रसार सुस्त बनेको छ । यस्तै स्थानीय स्तरमा गठबन्धनले घोषणापत्र समेत निर्माण गर्न सकेका छैन । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले अझै घोषणापत्र सार्वजनिक गर्न सकेको छैन । गठबन्धन दलकै अन्य घटक जनता समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले घोषणा पत्रलाई अन्तिम रुप दिन सकेका छैनन् । एमालेले भने आफ्ना प्राथमिकतासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेर प्रचारप्रसारलाई तिव्रता दिन थालिसकेको छ &