जिसस सुर्खेतमा एमाले–माओवादी गठबन्धन

काठमाडौँ – जिल्ला समन्वय समिति(जिसस) सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो। नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन्। प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका […]