प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्र