चितवन, भरतपुर महानगरपालिका-१५ बिष्णुचोकमा साइकलबाट लडेर सोही महानगरपालिका-१५ भद्रकाली टोल बस्ने बारा कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।