साइकलबाट लडेर कैलालीमा एक पुरुषको मृत्यु

धनगढी – कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित सामग्री

झापाको कचनकवलमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् ।आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।