झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् ।आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।