पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ बीआरआई अन्तर्गतका परियोजनाहरुमा खासगरी फ्रि ट्रेड सम्झौतालाई सहजै स्वीकार गर्न नसकिने बताए । उनले नेपालको हितमा नहुने योजनाहरुमाथि गहन छलफल हुनुपर्ने र सोही अनुसार निर्णय गरिनु पर्ने बताए ।
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् ।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “नागरिकता विषयलाई हाम्रो पार्टीको विरुद्धको हतियारको रूपमा प्रयोग गर्न खोजिएको छ । हामी नागरिकताका विषयमा प्रस्ट छौँ । नेपाली नागरिकले नागरिकता प्राप्त गर्नुपर्छ ।”
उनले...
पुँजीबजारले पुँजी परिचालनका साथै अर्थतन्त्रको ऐनाको पनि काम गर्छ । दक्षिण एसियामा पाँचौँ स्थानमा रहेको नेपालको पुँजीबजारलाई थप बजारमैत्री, स्वस्थ र अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ लाग्नुपर्छ । नेतृत्वबाट सुशासन कायम नहुँदा र नियामक निकाय...
दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसियान मुलुकहरूले आर्थिक उचाइ प्राप्त गरे । दक्षिण एसियामा सार्कले प्रभावकारी भूमिका खेल्न सकेन । जनसांख्यिक लाभांश, सम्पदा र संस्कृतिले गर्दा दक्षिण एसिया प्रचुर सम्भावनाले भरेको […]
The post दक्षिण एसियामा भारतका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
अफगानिस्तानमा तालिवानको सत्ता कब्जा र अमेरिकन सेनाको बहिर्गमनसँगै भारतसहित दक्षिण एसियामा सुरक्षा चुनौती बढ्ने चिन्ता देखिएको छ । अमेरिकी सेनाको आडमा दुई दशकदेखि कायम अफगान सरकारलाई तालिवानले नियन्त्रणमा लिएपछि भारत आफ्नो भूमिमा आतंकवादी गतिविधि बढ्न सक्ने विषयलाई लिएर चिन्तित बनेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली जुन वेगमा मुलुकलाई अगाडि बढाउन चाहिरहनुभएको थियो, पार्टीभित्रैबाट प्रतिपक्षको जस्तै बखेडाले उहाँका योजना र कार्यक्रमहरू समयमै पूरा हुनेमा दिनप्रतिदिन चुनौती थपिन थालेका छन् । आउँदो आमनिर्वाचनको समयावधिलाई प्रधानमन्त्रीको कार्यकालबाट हटाउने हो भने उहाँको दुईतिहाइ समय सकिँदै छ ।
संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीको कार्यकालमा ‘स्वप्नदर्शी’को उपमा पाउनुभएका केपी ओलीले दोस्रो कार्यकालको मध्यान्तर पार गरिसक्नुभयो । यद्यपि, उहाँ जति समय शासनमा रहनुभयो त्यो नेपालको राजनीतिक इतिहासको विरलै नेतालाई प्राप्त हुने अवसर हो । तथापि, बाह्य र आन्तरिक चुनौतीहरूलाई आफ्नो कार्यकालको पहिलो दिनदेखि नै पर्गेल्दै र छिमल्दै अगाडि बढ्नुभएको छ ।
प्रधानमन्त्री ओलीको कार्यकालको सुरुको दुई वर्ष नेपालको आर्थिक विकासदर करिब ८ प्रतिशतमा पुगेको थियो । यो राष्ट्रिय वृद्धिदर दक्षिण एसियामा बङ्गलादेशपछिको हो । भारतभन्दा पनि नेपाल अगाडि देखिएको थियो तर कोभिड–१९ अर्थात् कोरोना भाइरससँगै नेपालमा आर्थिक वृद्धिदर ओह्रालो लागेको छ । यो विश्वव्यापी महामारीले सरकारलाई यसैमा इङ्गेज (अल्झाएको) गराएकोमात्र छैन कि मुलुकको मेरुदण्डमा प्रहार गरेको छ । जनजीवनलाई अस्तव्यस्त पारिरहेको छ । यस्तो अवस्थामा पनि आफ्नै पार्टी नेतृत्वका सहकर्मीहरूको व्यवस्थापनमा देखिएको चुनौतीले सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिन सकेको छैन ।