शंकर पोखरेलको चुनौती– विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “नागरिकता विषयलाई हाम्रो पार्टीको विरुद्धको हतियारको रूपमा प्रयोग गर्न खोजिएको छ । हामी नागरिकताका विषयमा प्रस्ट छौँ । नेपाली नागरिकले नागरिकता प्राप्त गर्नुपर्छ ।” उनले...