अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनसँगै सुरक्षा चिन्ता

अफगानिस्तानमा तालिवानको सत्ता कब्जा र अमेरिकन सेनाको बहिर्गमनसँगै भारतसहित दक्षिण एसियामा सुरक्षा चुनौती बढ्ने चिन्ता देखिएको छ । अमेरिकी सेनाको आडमा दुई दशकदेखि कायम अफगान सरकारलाई तालिवानले नियन्त्रणमा लिएपछि भारत आफ्नो भूमिमा आतंकवादी गतिविधि बढ्न सक्ने विषयलाई लिएर चिन्तित बनेको हो ।

सम्बन्धित सामग्री

पाकिस्तानले तालिबान सेना बनाउन सहयोग गर्ने

अमेरिकी सेना अफगानिस्तान छोडेर गएपछि तालिबानलाई देशमा स्थिरता कायम गर्ने चुनौती आइलागेको छ ।  यस्तो स्थितिमा पाकिस्तानले आफ्ना शीर्ष सुरक्षा तथा गुप्तचर अधिकारीलाई अफगानिस्तान पठाएर तालिबान सेनाको निर्माणमा सहयोग गर्ने भएको छ ।  पाकिस्तानलाई सबभन्दा बढी जोखिम तहरीक–ए–तालिबान नामक आतंकवादी संगठनबाट छ । त्यस संगठनका लडाकूले पाकिस्तानी सैनिकहरूको ज्यान लिइरहेका छन् ।  उनीहरू अफगानिस्तानबाट पाकिस्तान आउने अनि सैनिक मारेर उतै भाग्ने काम गरिरहेका छन् । विगत दुई दशकमा हजारौं पाकिस्तानी स...