महिलामा प्रजननदर घटेकाले नेपालमा जनसंख्या वृद्धिदर घटेको परिवार कल्याण महाशाखाले औंल्याएको छ। शुक्रबार एक छलफल कार्यक्रममा विज्ञहरूले अहिलेको जनसंख्या वृद्धिदरमा कमी आउनुका पछि गाउँका महिलामा प्रजननदर घटेको औंल्याएका हुन्।...
काठमाडौं । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ । शुक्रबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो । सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण […]
दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ। युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ। सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गत वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो। […]
सन्तानले डाँडाकाँडा ढाक्ने आशीर्वाद दिने जमाना फेरिएको छ । थोरै सन्तान जन्माउने चलनले नेपालीको प्रजनन क्षमता नै घटेको देखिएको छ । मुलुकमा पछिल्लो समय एक जना महिलाले आफ्नो जीवनकालमा औसत रूपमा दुई सन्तान मात्र जन्माउन थालेको सर्वेक्षणले देखाएको छ । साढे दुई दशकअघिको दाँजोमा मुलुकको औसत प्रजनन दर क्रमिक रूपमा आधाले घटेको हो ।
विश्वकै सबैभन्दा कम प्रजनन दरमा दक्षिण कोरियाको प्रजनन दर घटेपछि फेरि नयाँ कीर्तिमानी बनेको छ । बुधबार सार्वजनिक आधिकारिक तथ्याङ्कका अनुसार वर्षौंदेखिको घट्दो जन्मदरको प्रवृत्ति झनै घटेको हो ।
काठमाडौं : नेपालमा किशोरी उमेरमा हुने प्रजनन दर उच्च रहेको पाइएको छ। परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ विषयमा आज गरेको अन्तरक्रियामा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत रहेको बताएकी छन्।‘नेपालमा किशोरी प्रजनन दर उच्च छ, सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्नका लागि प्रजनन दर ३० प्रतिशतमा झार्नु आवश्यक छ,’ उनले भनिन्। उनका अनुसार मधेश प्रदेश र कर्ण
काठमाडौं, माघ १३ । तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक नतिजा अनुसार नेपालमा जनसंख्या वृद्धिद्धर ऋणात्मक दिशामा छ । तथ्याकं विभागका अनुसार विक्रम संवत १९९८ को जनगणनामा नेपालको जनसंख्या १.२७ प्रतिशतले ऋणात्मक थियोे । त्यसको ८० वर्षपछि २०७८ को जनगणनामा जनसंख्या ऋणात्मक भएको हो । प्रजनन दर र विदेश बसाईसराई दरले जनसंख्या वृद्धि ऋणात्मक […]