नेपालमा मातृ र शिशु स्वास्थ्यमा सुधार : साढे दुई दशकमा आधाले घट्यो प्रजनन दर

काठमाडौं । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ । शुक्रबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो । सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण […]

सम्बन्धित सामग्री

मातृ तथा बाल स्वास्थ्यमा सुधार

नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वोक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो । सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो

नेपालको मातृ तथा बाल स्वास्थ्यमा सुधार

विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।