सन्तानले डाँडाकाँडा ढाक्ने आशीर्वाद दिने जमाना फेरिएको छ । थोरै सन्तान जन्माउने चलनले नेपालीको प्रजनन क्षमता नै घटेको देखिएको छ । मुलुकमा पछिल्लो समय एक जना महिलाले आफ्नो जीवनकालमा औसत रूपमा दुई सन्तान मात्र जन्माउन थालेको सर्वेक्षणले देखाएको छ । साढे दुई दशकअघिको दाँजोमा मुलुकको औसत प्रजनन दर क्रमिक रूपमा आधाले घटेको हो ।