जाजरकोटकी मनसरा शाही(नाम परिवर्तन) र बैतडीका भूपेन्द्र ठगुन्नाको सामाजिक सञ्जाल टिकटककै माध्यमबाट चिनजान भएको थियो । उनीहरूको टिकटकबाट सुरु भएको कुराकानी फेसबुक, ह्वाट्सएप हुँदै फोन नम्बर सााटासाटसम्म पुग्यो । कुराकानी बाक्लिँदै गएपछि उनीहरू बिहे गर्नेसम्म कुरा हुन थाले । मनसरालाई भूपेन्द्रले काठमाडौंमा भेट्न आग्रह गरे ।