न्याय खोज्दै पैदल यात्रामा

धादिङ : महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबार जाँदै छन्।उन्नाइसौँ दिनको यात्रामा धादिङको गल्छीबाट मंगलबार काठमाडौँतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा महिला हत्या भएकाले पीडितलाई न्याय र आरोपीलाई कारबाहीका लागि दवाब दिन पैदलयात्रामा रहेको बताएका छन्।बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकका माइतीको आरोप छ। बाँके जिल्ला प्रहरी कार्यालय

सम्बन्धित सामग्री

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा

महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका छन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा [तस्बिरहरु]

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् । आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए ।

न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

२२ असोज, काठमाडौं । २८ वर्षीय माताप्रसाद धोबी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । २२ दिनको धपेडीले उनी निकै गलेका छन् । उनीसँगै आएका अन्य १३ महिला र दुई पुरुषको हालत पनि उस्तै छ । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको यो टोलीले काठमाडौंमा बाससमेत पाएको छैन । धूलाम्ये शरीर र खाली गोडामै काठमाडौंका […]