महाशिवरात्रि मेला भर्न आएका जोगीहरू गाँजाको सर्को तान्न थालिसके, तर यसपालि पशुपति ‘गाँजा निषेधित क्षेत्र’ हो। पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा माघ तेस्रो साताबाटै गाँजा सेवन गर्न रोक लगाएको छ। विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषका सदस्य–सचिव प्रदीप ढकालले बताएका छन्। प्रहरीले गाँजा सेवन गरेको भन्दै…