नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण पछिल्लो एक वर्षमा महत्त्वपूर्ण प्रतियोगिताहरू खेलेको छ। नेपाली राष्ट्रिय टोलीले विश्वकप छनोट, एसिया कप तथा एसियाड तथा टी-२० विश्वकप छनोटलगायतका महत्त्वपूर्ण प्रतियोगितामा आफ्नो सहभागिता जनाएको हाे। यी प्रतियोगितापछि अब नेपालले आगामी दिनमा एकदिवसीय विश्वकप छनोटको आधारका रूपमा रहेको विश्वकप लिग-२ का श्रृंखला घरेलु मैदानबाट सुरु गर्दा अर्को […]