पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महँगी र भ्रष्टाचार थोपारिरहेको भन्दै असार १० गतेदेखि पाँच विद्यार्थी संगठनहरू संयुक्त रूपमा सरकारविरुद्ध सडक आन्दोलनमा उत्रते घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री, सरकारले पाकिस्तानी राजनीति सुरु गरेको अध्यक्ष ओलीको आरोप, व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा, कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, श्रमिकहरूको न्यूनतम् ज्याला बढाउन एमालेको माग, शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनीलगायतका समाचारले प्रमुख स्थान पाए । युवा […]

शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौं– सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले जानकारी दिए।  विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको […]

क्रान्तिकारी र समाजवादी विद्यार्थीको संयुक्त आन्दोलन हस्ताक्षर अभियानबाट सुरू

काठमाडौं । शैक्षिक सुधारको विभिन्न एजेण्डासहित अखिल क्रान्तिकारी (पवन कार्की समूह) र समाजवादी विद्यार्थी युनियनले हस्ताक्षर अभियान थालेका छन् । सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका यी संगठनले नेपाल कमर्श क्याम्पसमा विद्यार्थीको हस्ताक्षरबाट अभियान सुरू गरेका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र […]

मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमबार बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । विद्यार्थी संगठनहरूले जनताको प्रयक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ती कर थोपरेका कारण जनताल...

मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमबार बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । विद्यार्थी संगठनहरूले जनताको प्रयक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ती कर थोपरेका कारण जनताल...

इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले गरे संयुक्त आन्दोलनको घोषणा

इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

केएमसी र नोबेल मेडिकल कलेजका  विद्यार्थीको संयुक्त आन्दोलन सुरु

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा आएर आन्दोलन सुरु गरेका छन् । पीडित विद्यार्थीको समस्या समाधान नभएपछि नोबेल कलेजका विद्यार्थी काठमाडौं आएर केएमसीका विद्यार्थीसँगै संयुक्त आन्दोलन थालेका हुन् । दुई मेडिकल कलेजका विद्यार्थीहरूले...

बीपीमा अख्तियारको छापा : खरीद तथा निर्माणसम्बन्धी फाइल नियन्त्रणमा

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।