काठमाडौँ – सर्वोच्च र यस मातहतका अदालतहरुमा मंगलबारदेखि नै गोलाप्रथामा सुनुवाइको पेशी तोकिने भएको छ। नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँगको आइतबार भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि नै गोलाप्रथाबाट सुनुवाइको पेशी तोकिने बताएका हुन्। भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले पर्सिबाट गोलाप्रथा र मङ्सिरबाट अटोमेसनमा जाने वचन दिएको जानकारी दिए। विवादास्पद बनेको […]