पल शाहको मुद्दाको पेशी आज

पोखरा- अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम […]

सम्बन्धित सामग्री

पल शाह प्रकरण: नवलपुरमा मुद्दाको पेसी आज

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।...

तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे

काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। 'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले…

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. पल शाह जेल चलाननाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदे

पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल

काठमाडौं : अभिनेता पल शाह विरुद्ध अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्। अहिले पनि जिल्ला अदालत तनहुँमा बहस जारी छ। सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद…

पल शाह प्रकरणमा दीपकराज गिरीले भने ‘पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्नुस्’

अभिनेता पल शाह प्रकरणमा मुख खोल्ने कलाकारको संख्या बढ्दो छ । यस्तैमा कलाकार दीपकराज गिरीले पनि मुख खोलेका छन् । उनले पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध गरेका छन् । गिरीले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै पीडित गायिकाको प्रगतिमा गर्व गर्ने पनि बताएका छन् । ‘उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन’ गिरीले भने ‘ मलाई यहाँ यो दोषी र यो निर्दाेष भनेर फैसला गर्नु छैन । त्यो काम मेरो हँुद

पल शाह प्रकरण : संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयाेगले बलात्कारकाे आराेप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । आयाेगले आज शुक्रवार विज्ञप्ति निकालेर त्यस प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेकाे हाे ।  ‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, वि...

प्रहरीसामु आज आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं, १५ फागुन । बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु […]

अक्सिजन व्यवस्थापनमा सक्रिय भए नायक पल शाह

काठमाडौं। नायक पल शाह अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका छन्। कोरोनाका संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि उनी हाम्रो टीम नेपालसँग मिलेर अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका हुन्। उनको टोलीले आज पनि भक्तपुर अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गरेको छ। यसअघि पहिलो चरणको महामारीको समयमा उनले चलचित्रकर्मीसहित थुप्रैलाई सहयोग गरेका थिए। उनको सामाजिक कार्यले घरमा बसिरहेका अन्य कलाकार झक्झकाएको छ।