गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिबाट तत्कालै जारी भए । यसले नेपालको राजनीतिमा ठूलै तरंग पैदा ग¥यो । संविधानको भावनाविपरीत हठात् ल्याइएका यी अध्यादेश मन्त्रिपरिषद्मा ल्याइनु र जारी हुुनुमा …