शंकरमाथि चुलिँदो संकट

प्रदेश प्रमुख परिवर्तन र जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताले लुम्बिनी प्रदेश सरकार सकसमा परेको छ । मुख्यमन्त्री शंकर पोखरेल संकटमा पर्दा विपक्षी गठबन्धन सरकार बनाउन हौसिएको छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का ३ सांसद कारवाहीमा परेका छन् । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएसँगै शंकर पोखरेलको संकट बल्झिएको हो । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका पोखरेल गत वैशाख ६ गते पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकता तोडिएसँगै प्रदेश सरकारमाथि संकट आइलागेको थियो । अहिले प्रदेश सभामा विप...