एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ। आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।

सम्बन्धित सामग्री

कात्तिक मसान्तमा सनराइज फोकस्ड इक्वीटी फण्ड रू. ५ करोड १० लाख नोक्सानीमा

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्ड कात्तिक मसान्तमा रू. ५ करोड १० लाख नोक्सानीमा छ । असोज मसान्तमा पनि फण्ड रू. ४ करोड ८१ लाख नोक्सानीमा थियो ।  यस आधारमा फण्डको नोक्सानी असोजको तुलनामा कात्तिकमा बढेको छ । कात्तिकमा फण्डको खर्चमा वृद्धि भएसँगै नोक्सानी बढेको हो । असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ४६ लाख ६२ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ६१ लाख ५५ हजार पुगेको छ ।  त्यस्तै कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ४९ लाख ऋणात्मक छ । सो अवधिमा फण्डले सूचीकृत शेयरमा रू. ५७ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ५६ करोड ९५ लाख थियो । त्यस्तै फण्डको न्याभ असोज मसान्तमा ९ रुपैयाँ ६५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

ग्लोबल आइएमई समुन्नत योजनाले कमायो रू. २ करोड १० लाख

जेठ १५, काठमाडौं ।ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डले वैशाख मसान्त सम्ममा रू. २ करोड १० लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्मको तुलनामा ६४ प्रतिशतले घटेको हो । फण्डले चैत मसान्तसम्ममा रू. ५ करोड ८७ लाख नाफा कमाएको थियो । वैशाख मसान्तसम्ममा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । त्यसैगरी फण्डको खर्चमा वृद्धि भएकाले पनि नाफा घटेको देखिन्छ । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ५७ लाख रहेकोमा वैशाख मसान्त सम्ममा बढेर रू. २ करोड ७६ लाख पुगेको हो ।  चैत मसान्त सम्ममा फण्डले जम्मा रू. ८ करोड ४४ लाख आम्दानी गरेकोमा वैशाख मसान्तसम्ममा रू. ४ करोड ८६ लाखमा सीमित भएको हो । त्यसैगरी फण्डको प्रतिइकाइ सम्पत्ति मूल्य (न्याभ) पनि चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ७४ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ११ दशमलव ३७ कायम भएको हो । त्यसैगरी फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी पनि घटेको छ । चैत मसान्त सम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. १ अर्ब २ करोड रहेकोमा वैशाख मसान्त सम्ममा रू. ९८ करोड ५८ लाखमा सीमित भएको हो ।

'ए मेरो हजुर ४' को कमाइ ५ करोडमाथि

काठमाडौं :  नेपाली फिल्म 'ए मेरो हजुर ४' ले करिब ५ करोडमाथिको कमाइ गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई हप्तामा ५ करोड ६० लाखमाथिको कारोबार गरेको हो। निर्माण टोलीका अनुसार फिल्मले पहिलो हप्ता ४ करोड १० लाख माथिको कमाइ गरेको थियो। दोस्रो हप्ता डेढ करोड कमाउँदै फिल्म ५ करोड ६० लाखको आँकडा छोएको हो।योसँगै फिल्मले लगानीको लगभग दोब्बर कमाइ गर्दै कारोना महामारीपछि धेरै कमाउने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ। यसअघि फागुनमा प्रदर्शनमा आएको 'म यस्त

अमेरिकामा १० लाख कोरोना संक्रमित फेला

एजेन्सी, २१ पुस । कोरोना भाइरसको नयाँ संक्रमितको संंख्या फेरी बढ्दै गइरहेको छ । अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिएका छन् । एजेन्सीको अनुसार सोमबार मात्र अमेरिकामा १० लाख ८० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । संक्रमित भएका मध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट फेला परेको एजेन्सीले जनाएको छ । हालसम्म अमेरिकामा ५ करोड ८० लाख […]

अपि पावरकोे सर्वाधिक रू. ५ करोड १० लाख बराबरको शेयर खरीदविक्री

मंसिर २१, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको एक घण्टाको अवधिमा अपि पावर कम्पनीको सर्वाधिक रू. ५ करोड १० लाख बराबरको शेयर खरीदविक्री  भएको छ । कारोबारमा आएका २१४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. ५ करोड १९ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६२ मा कारोबार भइरहेको छ । साथै बजार खुलेको उक्त अवधिसम्ममा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४२ दशमलव २९ अंक बढेर २ हजार ५८८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

एमाले महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान (भिडिओ)

चितवन । नेकपा एमालेले पार्टीकाे १० औं महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने बताएकाे छ  । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सदस्यहरुबाट ८ करोड १० लाख जम्मा हुने र करिब ५ […]

पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रह

प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।