मंसिर २१, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको एक घण्टाको अवधिमा अपि पावर कम्पनीको सर्वाधिक रू. ५ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २१४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. ५ करोड १९ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६२ मा कारोबार भइरहेको छ । साथै बजार खुलेको उक्त अवधिसम्ममा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४२ दशमलव २९ अंक बढेर २ हजार ५८८ दशमलव ३८ विन्दुमा पुगेको छ ।