काठमाडौं : नेपाली फिल्म 'ए मेरो हजुर ४' ले करिब ५ करोडमाथिको कमाइ गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई हप्तामा ५ करोड ६० लाखमाथिको कारोबार गरेको हो। निर्माण टोलीका अनुसार फिल्मले पहिलो हप्ता ४ करोड १० लाख माथिको कमाइ गरेको थियो। दोस्रो हप्ता डेढ करोड कमाउँदै फिल्म ५ करोड ६० लाखको आँकडा छोएको हो।योसँगै फिल्मले लगानीको लगभग दोब्बर कमाइ गर्दै कारोना महामारीपछि धेरै कमाउने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ। यसअघि फागुनमा प्रदर्शनमा आएको 'म यस्त