मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।
यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।