राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।  अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।  यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।  राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...

सम्बन्धित सामग्री

हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले बोर्डमा दियो निवेदन

असार ६, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दर्ता गराएको छ ।  बैंकले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रीको लागि असार ४ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०७७ माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि राष्ट्र बैंकका पेश गर्दा राष्ट्र बैंकले शतप्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।  राष्ट्र बैंकले कम्पनीको हाल कायम चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार ८०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद विक्रीका लागि जेठ २० गते स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम नै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । यस अघि पनि बैंकले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक रू. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्र्ष यस अवधिसम्म कम्पनी रू. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो ।  रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख ५० हजार खुद ब्याज आम्दानी गरेको थियो ।  कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ६० लाख रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रू. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा २६५ दशमलव ३६ प्रतिशत बढी रू. ९ करोड ४४ लाख ३७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४ दशमलव ७९ प्रतिशत बढी रू. २ करोड ६७ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ ।  गत वर्ष शतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५ दशमलव ९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ४ ऋणात्मक रहेको छ । यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ३६ दशमलव १५ छ ।

ई-वालेट : धमाधम लाइसेन्स, टिक्नलाई सकस

२८ वैशाख, काठमाडौं । गत चैतको दोस्रो साता नेपाल राष्ट्र बैंकले सजिलो पेमेन्ट सर्भिसेज प्रालिलाई भुक्तानी सेवा ‘पीएसपी’ सञ्चालन अनुमति दियो । १० हजार चुक्ता पुँजी भएको यस कम्पनीले ‘सजिलो पे’ ई-वालेट शुरु गरेको छ । गत चैतमा मात्र चारवटा कम्पनीले राष्ट्र बैंकबाट वालेट सञ्चालन अनुमति लियो । यीसँगै नेपालमा वालेट अनुमति पाउने कम्पनीको संख्या […]

ई-वालेटः धमाधम लाइसेन्स, टिक्नलाई धौ-धौ

२८ वैशाख, काठमाडौं । गत चैतको दोस्रो साता नेपाल राष्ट्र बैंकले सजिलो पेमेन्ट सर्भिसेज प्रालिलाई भुक्तानी सेवा ‘पीएसपी’ सञ्चालन अनुमति दियो । १० हजार चुक्ता पूँजी भएको यस कम्पनीले ‘सजिलो पे’ ई–वालेट शुरू गरेको छ । गत चैतमा मात्र चार वटा कम्पनीले राष्ट्र बैंकबाट वालेट सञ्चालन अनुमति लिए । यीसँगै नेपालमा वालेट अनुमति पाउने कम्पनीको […]

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी, राष्ट्र बैंकले दियो अनुमति

मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।  यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।