हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले बोर्डमा दियो निवेदन

असार ६, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दर्ता गराएको छ ।  बैंकले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रीको लागि असार ४ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०७७ माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि राष्ट्र बैंकका पेश गर्दा राष्ट्र बैंकले शतप्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।  राष्ट्र बैंकले कम्पनीको हाल कायम चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार ८०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद विक्रीका लागि जेठ २० गते स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम नै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । यस अघि पनि बैंकले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक रू. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्र्ष यस अवधिसम्म कम्पनी रू. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो ।  रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख ५० हजार खुद ब्याज आम्दानी गरेको थियो ।  कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ६० लाख रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रू. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा २६५ दशमलव ३६ प्रतिशत बढी रू. ९ करोड ४४ लाख ३७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४ दशमलव ७९ प्रतिशत बढी रू. २ करोड ६७ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ ।  गत वर्ष शतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५ दशमलव ९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ४ ऋणात्मक रहेको छ । यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ३६ दशमलव १५ छ ।

सम्बन्धित सामग्री

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए।...

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए।...

नारायणी डेभलपमेन्ट बैंकले गर्‍यो ‘वित्तीय साक्षरता’ प्रभातफेरी

वित्तीय साक्षरता दिबसको अवसरमा नारायणी डेभलपमेन्ट बैंकले यो कार्यक्रम गरेको हो। सौराहाचोकबाट सुरु भएको प्रभातफेरी निपनी हुँदै टाँडी बजार परिक्रमा गरि समापन गरिएको थियो।...

नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । उक्त बैंकका सबै प्रकारका कार्डवाहक, खातावाला, बैंक कर्मचारीलगायत बैंकका सम्पूर्ण सेयरधनीलाई समेत सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा–सुविधामा विशेष छुट...

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिड टाउन रिसोर्टबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बीच व्यावसायिक समझदारी सम्बन्धी सम्झौता भएको छ।...

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पुँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।

नारायणी डेभलपमेन्ट बैंकलाई मर्जरमा जान साधारणसभाले दियो अनुमति

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चितवनले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो। सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति र […]

नारायणी बैंकको सभा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्ने

काठमाडौँ / नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । बैंकको गत माघ १६ गते सम्पन्न १९ औँ साधारण सभाबाट तत्काल कायम चुक्ता