खुद्रा बिक्री र स्वास्थ्य सेवा फर्ममा भएको रोजगारी वृद्धिले अमेरिकी श्रम बजार लगातार १० औैं वर्षमा पनि विस्तार भएको छ ।
देशको ३.५ प्रतिशतको बेरोजगारी दर कीर्तिमानी न्यून कायम भएप्को छ भने आम्दानी वृद्धि भने नोभेम्बरको तुलनामा ओरालो लागेको छ ।
वार्षिक घन्टाको ज्याला भने २.९ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो नोभेम्बरको ३.१ प्रतिशत वृद्धिको तुलनामा कम हो ।
डिसेम्बरमा रोजगारी वृद्धि अघिल्लो महिनाको तुलनामा घटेको छ ।