तातोपानी नाका आंशिक निर्यातमा सीमित, 'आयातित सामान बोक्ने कन्टेनर पनि दिनहुँ घट्दो'

काठमाडौं । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।  निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।  ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामग्रीको फाराम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्,’ तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले भने । निर्यातका लागि नाका खुले पनि आंशिक भइरहेको उनको भनाइ छ ।  अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडिबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पुर्‍याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन, निकासी मात्रै हो,’ प्रमुख भन्सार अधिकृत केसीले भने । तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ ।  उनका अनुसार अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयनबाहेक पाँच सय नेपाली स्थायीझैं बसोबास गरेका थिए । तर, खासा अहिले सुनसान छ । निकासी खुले पनि नेपालबाट हस्तकला सामग्रीबाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएको भन्सार अधिकृत केसी बताउँछन् ।   अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६/७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीले खासासम्म आफूहरू जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरे पनि उनीहरू सकारात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन् ।  यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा ‘क्यू सिस्टम’मा छ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् ।  चालु आर्थिक वर्षमा रू. चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा अहिलेसम्म रू. दुई अर्ब २० करोड उठेको छ । अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउँछन् ।   अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन् । यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ, जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले बताए । रासस

सम्बन्धित सामग्री

सहज बन्दै तातोपानी नाका

चीनको उत्तरी सीमा तातोपानी नाकाबाट आयात वृद्धि भएको छ । दैनिक पाँच कन्टेनर सामान आयात हुँदै आएको नाकाबाट अहिले दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको...

तातोपानी नाका खेलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिए

काठमाडौंः तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको हो। नाका संचालनमा आएको ९ दिनमा ४० वटा कन्टनेर भन्सारमा आएको तातोपानी भन्सार कार्यालयका  भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए। चाडपर्व नजिकिएकाले भन्सारमा रोकिएको कन्टेनरहरु धमाधम आउन थालेको उनले बताए। सुरुवाती समयमा चिनियाँ…

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं, भदौ २० । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका […]

चीनमै रोकिए पाँच सय कन्टेनर

चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन

तातोपानी नाका खुल्यो, भित्रिए १० कन्टेनर

चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण रोकिएको तातोपानी नाका शुक्रबारबाट फेरि सञ्चालनमा आएको छ । हिमपातका कारण चिनियाँ कन्टेनर आवतजावत रोकिएपछि भोटेकोसी गाउँपालिका वडा नम्वर–२ स्थित तातोपानी नाका ठप्प थियो ।

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

तातोपानी नाका फेरि सञ्चालनमा आयाे

रसुवा – नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो ।  नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याए...

६ कन्टेनर ऊन ल्याएर तातोपानी नाका खुलाइँदै

सिन्धुपाल्चोक । ६ कन्टेनर ऊन ल्याएर जेठ दोस्रो साता तातोपानी नाका खुलाइने भएको छ । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले नेपालतर्फबाट दर्जनभन्दा बढी कामदार पठाई कन्टेनर र ट्रकमा ऊन भरेर नेपालतर्फ ...

एक साताका लागि तातोपानी नाका बन्द

एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।