रसुवा – नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो ।
नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याए...