काठमाण्डौ – श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ ।
साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा २० मे अर्थात् आउँदो जेठ ६ गते गुनासो तथा समस्या सङ्कलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
दूतावासका अनुसार कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरु...