काठमाडौं : कोभिड-१९ संक्रमणको उच्च जोखिममा बालबालिकाहरू रहेको विज्ञहरूले बताएका छन्। कान्ति बाल अस्पतालका बाल विशेषज्ञ डा. रामहरि चापागाईँ कोरोनाले आफ्नो स्वरुप पटकपटक परिवर्तन गरी फैलिइरहँदा बालबालिकाहरू उच्च जोखिममा रहेको बताउँछन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो चार दिनमा संक्रमित बालबालिकाको संख्या लगातार बढेको छ। पुस २१ गते १० वर्षमुनिका सातजनामा कोरोना संक्रमण देखिएको थियो। २२ गते ११ जना, २३ गते १३ जनामा र २४ गते २५ जनामा संक्रमण देखिएको थियो। पछिल्लो दुई दिनको अवधि