प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वसांसद् समेत रहेका भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। औपचारिक रुपमा निर्णय भने सार्वजनिक भएको छैन। नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराई यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहिसकेका छन्।  प्रतिनिधिसभा सदस्य

सम्बन्धित सामग्री

थरुहटको माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

उनका अनुसार वार्ता टोलीका अन्य सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली गठन

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी गराएका हुन् । मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे । विप्लव समूहले पनि मंगल...

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

२३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट …

प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त

काठमाडौं– प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, र प्रेस सल्लाहकार सूर्य थापा...

प्रधानमन्त्रीका तीन सल्लाहकार काेराेना सङ्क्रमणमुक्त

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।  उहाँहरुको बिहीबार पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गएकाे असोज १७ गते सङ्क्र...

प्रधानमन्त्रीको निजी सचिवालयमा पुरै परिवर्तन, रिमालसहित सबैको 'राजीनामा'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टिम परिवर्तन हुने भएको छ। केही सल्लाहकारका कारण आफू अप्ठेरोमा परेको प्रधानमन्त्रीले महसुस गरेपछि पुरै टिम फेरिने भएको हो।  प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्प...

प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराई

काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेकपाका नेता समेत रहेका डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।  उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीका पररा...