भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी गराएका हुन् ।
मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे ।
विप्लव समूहले पनि मंगल...