काठमाडौं : एमसिसी सम्झौता गर्ने वा नगर्ने विषयमा काठमाडौंमा सडक जनमत संग्रह गरिएको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीले तीनकुनेमा सडक जनमत संग्रह गराएका हो।मध्यान्न १२ बजेबाट सुरु भएको जनमत संग्रहमा अहिलेसम्म ५ सयभन्दा बढी मत खसेको क्रान्तिकारी महानगर समितिका उपाध्यक्ष सुरज कटुवालले जानकारी दिए।'हामीले उपत्यकामा पैदल हिडिरहेका नागरिकलाई एमसिसी सम्झौताको लागि जनमतका लागि आव्हान गरेका हौं', उनले भने, 'आज हामीले बेलुका ५ बजेसम्म ८ सय मत