बेलायतको सर्वोच्च अदालतले स्कटल्याण्डको सरकारले संयुक्त अधिराज्यबाट अलग हुने कि नहुने विषयमा एकपक्षीय रूपमा दोस्रो जनमत संग्रह गर्न नसक्ने निर्णय गरेको छ । निर्णयले वेस्टमिन्स्टरका एकता पक्षधरहरुलाई स्वागत गर्ने र स्वतन्त्रता अभियानकर्तालाई झट्का हुने मानिएको छ । स्टकल्याण्डको पार्टी स्कटिस नेसनल पार्टी (एसएनपी) ले अर्को अक्टोबरमा जनमत संग्रह गर्ने प्रयासलाई अदालतले सर्वसम्मतिमा रोकिदिएको छ । यो निर्णयपछि अब स्कटल्याण्ड बेलायतबाट छुट्टिने विषयको जनमत संग्रह गर्नका लागि लण्डनको संसदबाट