यो चुनाव संविधानको रक्षक र भक्षकबीचको जनमत संग्रह हो : प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन संविधानका रक्षक र भक्षकका बीचमा हुन लागेको जनमत संग्रह भएको बताएका छन्।गोरखाको शहीद लखन गाउँपालिकामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनले संविधानको रक्षा गर्न चाहने एउटा पक्ष र संविधानलाई उल्ट्याउने अर्को पक्षबीच मतदान हुन लागेको बताए।‘संविधानका रक्षक र भक्षकको बीचमा जनमत संग्रह हो यो निर्वाचन। लोकतन्त्र, शान्ति, अमनचयन