नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार गरेका हुन् । ‘अध्यक्षले, यदि तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भयो’, प्रचण्डको सचिवालयका तर्फबाट