पीपीईमा १६ घण्टासम्म बाफिन्छन् स्वास्थ्यकर्मी

१४ वैशाख, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ । उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् । […]

सम्बन्धित सामग्री

बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

हुम्ला– चार दिनदेखि बेपत्ता भएका सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला  परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ । फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र […]

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब […]

‘अब सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन ’

स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

काठमाडौँ,५ पुष । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो […]

एभरेस्ट अस्पतालमा डेंगुको उपचार, सुरु भयो जनरल वार्ड

नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले डेंगुको उपचारका लागि जनरल वार्ड सञ्चालनमा ल्याएको छ। यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबीसै घण्टा बिरामीको सेवामा खटिरहेका छन्।‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले भने- ‘यहाँ अति न्युन शुल्कमा बिरामी भर्ना हुनसक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपा

स्वास्थ्यकर्मीहरुलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने

राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ।

जोखिम भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, ३ घण्टा ओपीडी बन्द

उनीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेका  छन्। स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन्।

शिक्षण अस्पतालमा ६ घण्टा : सलाम स्वास्थ्यकर्मी !

६ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ६२ वर्षीय कोरोना संक्रमित पीडाले छट्पटाइरहेका छन् । बर्बराउँदै मुखको अक्सिजन मास्क हातले झट्कार्दा उनी बेडबाट खसे । ‘ठीक हुँदै जानुभएको छ बुवा, नअत्तालिनुस्’ पीडाले अनियन्त्रित बिरामीलाई मुश्किलले बेडमा राख्दै ड्युटी नर्सले भनिन्, ‘शान्त हुनुस् त बुवा, तपाईंलाई एकैछिनमा आईसीयूमा सार्छौं ।’ इमर्जेन्सी कक्षमा सबैको ध्यान त्यतै […]

पुर्चौडी र डिलासैनीले कोभिड अस्पतालमा चौविसै घण्टा स्वास्थ्यकर्मी खटाउँदै

वैशाख २७, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकाले कोभिड अस्थाई अस्पतालमा चौविसै घण्टा स्वास्थ्यकर्मी खटाएको छ । पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुवरको नेतृत्वमा एक डाक्टर सहित पाँच जना स्वास्थ्यकर्मी खटाएको छ । यसैगरी डिलासैनी गाउँपालिकाले पनि हेल्थ असिस्टेनटको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटाएको गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत पंख बहादुर शाहले बताए । ‘कोभिड अस्पतालमा चौविसै घण्टा स्वास्थ्यकर्मी खटाएका छौँ’ अधिकृत शाहले भने । डिलासैनीले गाउँपालिकाका अध्यक्ष उपाध्याक्ष चढ्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले ९ ओटा अक्सिजन सिलीन्डर सहितको १० बेडको कोभिड अस्पताल निर्माण गरेको डिलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । पुर्चौडीले नगरपालिका भित्र दिनहुँ संक्रमितको संख्या बढ्दै गएकाले कोभिड अस्थाइ अस्पतालमा चौविसै घण्टा डाक्टर सहित स्वास्थ्यकर्मी खटाएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुवरले बताए । ‘अहिले अक्सिजनको आवश्यकता पर्ने ४ जना कोभिडका बिरामी अस्पतालमा भर्ना भएका छन् हामी उनीहरुकै उपचारमा खटिएका छौ’ संयोजक कुवरले भने । नगरपालिकाको कोभिड अस्पतालमा अक्सिजन सहितका ५ बेड रहेका छन् । अहिले नगरपालिकाले दुई जीप भाडामा लिएर बिरामी बोक्न प्रयोग गरिरहेको नगरपालिकाकी उपप्रमुख जानकी बम ऐरले बताइन् । उनले भनिन् ‘नगरपालिकाको पुरानो एम्बुलेन्स मर्मत गर्न नसकिने गरि बिग्रेकाले तत्कालको समस्या समाधानको लागि गाडी भाडामा लिएर बिरामी बोक्न प्रयोग गरेका हौँ ।’ नगरपालिकाले ३० कोठे आइसोलेशन कक्ष पनि निर्माण गरेको छ । अहिले नगरपालिकाभित्र ३६ जना कोरोनाका सक्रीय संक्रमित रहेका छन् । बैतडीमा आइतवारसम्म ६०६ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ ।