शिक्षण अस्पतालमा ६ घण्टा : सलाम स्वास्थ्यकर्मी !

६ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ६२ वर्षीय कोरोना संक्रमित पीडाले छट्पटाइरहेका छन् । बर्बराउँदै मुखको अक्सिजन मास्क हातले झट्कार्दा उनी बेडबाट खसे । ‘ठीक हुँदै जानुभएको छ बुवा, नअत्तालिनुस्’ पीडाले अनियन्त्रित बिरामीलाई मुश्किलले बेडमा राख्दै ड्युटी नर्सले भनिन्, ‘शान्त हुनुस् त बुवा, तपाईंलाई एकैछिनमा आईसीयूमा सार्छौं ।’ इमर्जेन्सी कक्षमा सबैको ध्यान त्यतै […]