काठमाडौँ - नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन्...