धनगढी : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले रिहा भएपछि आममाफी दिएकोमा राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका छन्।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्।
जेलमुक्त भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र कारागार बसाइँले धेरै कुरा सिकाएको बताए। कैलाली कारागारबाट रिहा हुँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजन...