पर्वत : आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको चर्चाकाबीच गण्डकी प्रदेशका अर्का एक जना मन्त्री पनि बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक, पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका हुन्।कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा (ख) मा कांग्रेसबाट टिकट पाउने प्रतिस्पर्धामा खड्कासँगै कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका कांग्रेस नेता विन्दुकुमार थापा प्रतिस्पर्धामा रहेका थिए