माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने तयारी

काठमाडाैं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिए।पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए। ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको

सम्बन्धित सामग्री

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल […]

‘चार वर्षमा लोडेसेडिङ अन्त्य’

कुनै क्षेत्रबाट अवरोध नआएमा अबको चार वर्षमा नेपाल लोडसेडिङ मुक्त भएर १७० मेगावाट विद्युत् निर्यात गर्न सकिने दाबी ऊर्जा मन्त्रालय अन्तर्गतको एक अध्ययनले गरेको छ । नेपाल विद्युत् प्राधिकरणले दैनिक लोडसेडिङको समयतालिका बढाएर १२ घण्टा पुर्‍याएलगत्तै ‘२० वर्षे जलविद्युत् योजना तर्जुमा कार्यदल’ले त्यस्तो दाबी गरेको हो । कार्यदलले यसै साता ऊर्जामन्त्री डा. प्रकाशशरण महतलाई प्रतिवेदन बुझाउँदै छ । जलस्रोतविद् किशोर थापाको नेतृत्वमा रहेको कार्यदलमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरू संलग्न रहेका छन् । प्रतिवेदनमा सन् २०१४ सम्ममा हाल निर्माण भइरहेका र निर्माण कार्य सुरु हुन लागेका गरी १६४५ मेगावाट आन्तरिक खपतका लागि उत्पादन हुने उल्लेख गरिएको छ । यसमा कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको मुख्य लगानी रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी, विद्युत् प्राधिकरणले निर्माण गर्ने १२७ मेगावाटको माथिल्लो सेती, ६१ मेगावाटको त्रिशुली ३ ए, आदि प्रमुख रहेका छन् । यी आयोजनाको निर्माणपछि हालको लोडसडिङको समस्या पूर्ण रूपमा अन्त्य हुने बताइएको छ । त्यहीकारण सोही अवधिमा निर्माण पूरा हुने १२० मेगावाटको लिखु–४ र ५० मेगावाटको बलेफीबाट उत्पादन हुने विद्युत् भने भारत निर्यात गर्न सकिने कार्यदलले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सन् २०१४ पछिका पाँच वर्ष अर्थात् सन् २०१९ सम्म ठूला आयोजनाहरूबाट मात्रै ४३३० मेगावाट विद्युत् उत्पादन हुने र त्यसमध्ये धेरैजसो निर्यात गर्न सकिने निष्कर्षसमेत सो कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । वर्ष ५, अंक २८, २०६६, चैत २–८

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

काठमाण्डाै - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ। छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै...

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुरुभयो ७६ मेगावाट बिजुली उत्पादन

काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो । आयोजनामा कुल ६ वटा युनिट छन् । ४ […]

आउनै लाग्यो तामाकोशीको बिजुली, जेठ पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरू हुने

न्युज अफ नेपाल, काठमाडौं । देशकै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने भएको छ । आगामी जेठ पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरू हुने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए । देशको अहिलेसम्मकै ठूलो क्षमता (४५६ मेगावाट)को यो आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिट रहेका छन्। हाल आयोजनाको सुरुङमा […]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे सुरुङको परीक्षण शुरु

वैशाख, १९, दोलखा । बहुचर्चित ४५६ मेगावाट(मेवा) क्षमताको राष्टिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको परीक्षण शुरु गरिएको छ । शनिवार दिउँसोबाट  सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिएको हो ।  आयोजनाले गत वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने तथा वैशाख १२ गतेबाट सुरुङमा पानी पठाई परीक्षण गरीने जानकारी सार्वजनिक गरेतापनि शनिवार दिउँसोबाट सुरुङमा पानी पठाउन सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।  सुरुङको परीक्षण सम्पन्न गर्न करीब १०/ १२ दिन जति लाग्ने आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि पेनस्टकको तथा अन्य आवश्यक परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।   सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ । वैशाख अन्तिम सम्ममा छ ओटा मध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।  आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ ।  यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ ।  फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रवक्ता न्यौपानेले बताए । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

कठिन मानिएको ‘एक्सपान्सन ज्वाइन्ट’ जडान हुँदै, बैशाखमा विद्युत् उत्पादन

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रि गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडान काम सुरु भएको छ । आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्यान्सन जोइन्टको जडान काम सुरु भएको हो । एक्सप्यान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोसीले साउनदेखि विद्युत् उत्पादन गर्ने

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी साउनदेखि उत्पादन सुरु गर्ने भएको छ । २०६५ सालबाट निर्माण सुरु भएको आयोजनाको पहिलो युनिटको विद्युत्को उत्पादन आगामी साउनको दोस्रो सातादेखि उत्पादन गर्ने भएको हो । साउनमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका आयोजनाको छ ।