दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रि गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडान काम सुरु भएको छ ।
आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्यान्सन जोइन्टको जडान काम सुरु भएको हो ।
एक्सप्यान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।