टेलिकमको प्राविधिक गडबडीका कारण साढे ४ घण्टा सञ्चार सम्पर्कविहीन
नेपाल टेलिकमको प्राविधिक गडबडीका कारण उदयपुरलगायत पूर्वी नेपालका झण्डै २० जिल्लावासी उपभोक्ता सोमबार साढे ४ घण्टा सञ्चार सम्पर्कविहीन हुन पुगेका हुन्।...
सिमकोट – सम्पर्कविहीन भएको तीन घण्टा बित्दा पनि डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। ब्यारेकबाट बेलुका घुम्न जाने भनेर निस्किएका उनी अन्तिम सम्पर्कविहीन बिपुराकोटबाट भएका हुन्। त्रिपुराकोटको नरलाल रोकायाको पसलमा फोन पेबाट तिरेर २४ हजार लिएर बेपत्ता भएको नयाँ खबर आएको छ। पकेटमा पैसासमेत नबोकेर ब्यारेकबाट निस्किएका गुल्मपति पण्डितले […]
एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो ।
वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहीबार बचतकर्ताले धर्ना दिएका छन् । लामो समयदेखि आफूले बचत गरेको रकम सहकारीले फिर्ता नदिएको भन्दै बचतकर्ताहरू एक घण्टा धर्नामा बसेका हुन् ।
धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्न
धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब १ घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू सम्पर्कविहीन बनेका छन्।टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सम्पर्कविहीन बनेका हुन्। प्रदेशसभा सदस्यहरू आफ्नो सम्पर्कमा नभएकाले आफू धनगढीमा उनीहरुको खोजी गरिरहेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।आफू अहिले प्रदेश सभास्थित पार्टीको संसदीय दलको
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो । शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा