बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ । संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीस